२७.३७ प्रतिशत लाभांश पारितका लागि लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

२ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण मंसिर १० गते हुने भएको छ । काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट हुने भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट २७.३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अगाडि लैजाने भएको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूजी ३२ करोड ४५ हजारको आधारणमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्राप्तका लागि कात्तिक ३० गतेनै एक दिनका लागि बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया