बिहीबार झिनो अंकले घटेको शेयर बजारमा कारोबार रकम ३.७८ अर्बमा खुम्चियो

२ बर्ष अगाडि

काठमाडौं, साता अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से झिनो अंकले घटेको छ । 

आज नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा झरेको हो । नेप्से शुन्य दशमलव १२ प्रतिशतले घटेको हो ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ उपसूचक बाहेकका सबै उपसूचक आज राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहमा सर्वाधिक अंकले बृद्धि भएको छ भने सर्वाधिक घट्नेमा निर्जीबन बीमा समूह रहेको छ ।

साथै आज समृद्धि फाइनान्सको सर्वाधिक ९.२७ प्रतिशत अंकले बृद्धि भएको छ भने एनटिसीको सर्वाधिक २६ करोड ५७ लाख भन्दा माथिको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया