आज पनि सर्वाधिक कमाउने कम्पनीको टपमा नेपाल टेलिकम,अन्य कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दुरसञ्चार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन २६ करोड ५७ लाख १३ हजार ७३६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख, सिभिल बैंकको १४ करोड ७९ लाख, साना किसान विकास बैंकको १० करोड ४ लाख र नबिल बैंकको १० करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया