८९०९ जनाको परीक्षणमा ३०८ जनामा संक्रमण पुष्टि, २९६ जना संक्रमण मुक्त हुदाँ कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७१०४ पीसीआर परीक्षणमा २७ एन्टिजेन परीक्षणमा गरी कुल ८९०९ जनाको परीक्षणमा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख १ हजार ४२० संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५१६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया