‘आदिपुरुष’मा प्रभासको पारिश्रमिक खुुलासा, कति लिए त ?

२ बर्ष अगाडि

काठमाडौं, साउथ स्टार प्रभासले फिल्म ‘आदिपुरुष’मा काम गर्ने भएका छन । उनले यो फिल्ममा काम गर्नका लागि १ सय ५० करोड भारु पारिश्रमिक लिएका छन् । ‘आदिपुरुष’मा प्रभासले लिएको पारिश्रमिकको अहिले सर्वत्र चर्चा भइरहेको छ । सलमान खान र अक्षय कुमारपछि सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताका भनेर प्रभासको चर्चा गरिएको छ ।

१० वर्ष यताको बलिउड बजारलाई हेर्दा उनी सबैभन्दा धेरै पारिश्रमिक लिने तेस्रो अभिनेता बनेका छन् । 

ओम राउतको निर्देशनमा बन्ने ‘आदिपुरुष’मा प्रभाससँगै सैफ अली खान, कृति सेनन र सनी सिंहले पनि अभिनय गर्ने छन् । रामायणमाथि बन्ने यो फिल्ममा प्रभास रामको भूमिकामा देखिने छन् । सैफ रावणको भूमिकामा देखिने छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया