जिडब्लुएम को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ – आजबाट

२ बर्ष अगाडि

काठमाडौं, ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्स प्रा.लि. ले आफ्नो दुई  एसयूभी हरु – 3rd Gen  हवाल एच सिक्स  र हवाल जोलायन का साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गर्दैछ । यो आयोजना आज मङसिर ९ देखि शुरु भई मङसिर १४ गते सकिनेछ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्नेछन् । सहभागि हुनका लागि इच्छुक महानुभावहरुले थापाथली, काठमाडौं स्थित ग्रेट वाल मोटर्स को शाोरुममा गएर बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नुहुनेछ र इच्छुक सहभागीहरुले जिडब्लुएमको फेसबुक पेज https://www.facebook.com/GWM.NP मार्फत बुकिङ्ग गर्न सक्नेछन् ।
     
टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै द्धघ” को ःक्ष् स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्र्तगत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् । 

जिडब्लुएमले अक्टोबर २०२१ मा जम्मा ११२,०६९ गाडी विक्री गरेको छ जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४,०४७ विक्री गरेको थियो । २०२१ को जनवरी देखि अक्टोवरसम्म अन्तर्राष्ट्रिय बजारमा विक्री भएको ११२,०२० सहित ९९६,११४ गाडी विक्री भएको छ जुन ३०.३% को वृद्धि हो । 

चीनमा विगत ११ वर्ष देखि सबैभन्दा धेरै विक्री हुने नम्बर १ एसयूभी , हवाल ६५ लाख भन्दा धेरै सङ्ख्यामा विक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ । ३५ लाख भन्दा धेरै विक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै विक्री हुने एसयूभी पनि हो । 

चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५०% हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा विक्री १९ लाख एकाइ रहेको छ ।  

ग्रेट वाल मोटर्स को बारेमा

चीनमा सबैभन्दा धेरै एसयूभी र पीक–अप उत्पादन गर्ने ग्रेट वाल मोटर्स  १९८४ मा स्थापना भएको थियो । २००३ मा हङकङ्ग एच–शेयर २००३ मा शाङघाई ए–शेयर मा लिस्ट भएको जिडब्लुएम अटो उत्पादन गर्ने पहिलो चीनियाँ कम्पनी हो । साथै, अन्तर्राष्ट्रिय बजारमा जाने चीनको पहिलो अटो कम्पनीको श्रेय पनि जिडब्लुएम लाई नै जान्छ । 

यस कम्पनीको १०० भन्दा धेरै सहायक कम्पनीहरु रहेका  छन्, ६०,००० भन्दा धेरै कर्मचारी छन् र विश्वको ६० भन्दा धेरै राष्ट्रहरुमा यसको उपस्थिति छ । १५० अर्ब युआन भन्दा धेरै सम्पत्ति भएको जिडब्लुएम ले ५ वर्षसम्म लगातार १० लाख भन्दा बढी आफ्ना उत्पादनहरु बिक्री गर्न सफल भएको थियो । जिडब्लुएम “एसिया प्यासिफिक रिजनमा ५० बेस्ट लिस्टेड कम्पनी”, “दि फोब्र्स ग्लोबल २०००” र “फर्चुन ५०० चीन” मा लिस्ट भएको छ । यस कम्पनीको उपस्थिति रुस, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया, मध्य पूर्व र अफ्रिकामा छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया