विद्युत ग्रिड आधुनिकीकरणका लागि एडीबीको थप ७ अर्ब सहुलियत ऋण

२ बर्ष अगाडि

काठमाडौं, नेपालको विद्युत ग्रिड आधुनिकीकरणका लागि एशियाली विकास बैंक (एडीबी) ले थप ७ अर्ब ८ करोड रुपैयाँ सहुलियत ऋण सहयोग गर्ने भएको छ।

बैंकले विद्युत ग्रिड आधुनिकीकरणका लागि गर्दै आएको ऋणमा थप दिने भएको हो। बैंकले ६ करोड अमेरिकी डलर अर्थात ७ अर्ब ८ करोड रुपैयाँ ऋण दिन लागेको हो।

ऋण सहायता सम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा हस्ताक्षर हुने भएको छ।

एडीबीको ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण प्रणालीको आधुनिकीकरण गर्ने परियोजना सञ्चालन भइरहेको छ । सोही परियोजनाका लागि बैंकले थप ऋण दिन लागेको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया