२ साताको अवधिमा एलन मस्कले बिक्री गरे ९.८५ अर्ब डलर बराबरको सेयर

२ बर्ष अगाडि

काठमाडौं, टेस्ला’ का प्रमुख कार्यकारी अधिकृत तथ विश्वकै सर्वाधिक धनी एलन मस्कले थप १.०५ अर्ब अमेरिकी डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका छन् । 

यससँगै २ साताको अवधिमा मस्कले कुल ९.८५ अर्ब डलर बराबरको टेस्ला सेयर बिक्री गरेका छन् । झण्डै १० अर्ब डलरको सेयर बिक्री गरेपनि मस्कको स्वामित्वमा अझै १६ करोड भन्दा बढी टेस्लाको सेयर रहेको छ ।
 
मस्कले नोभेम्बर दोस्रो साता पनि ६.९ अर्ब डलरको सेयर बिक्री गरेका थिए । त्यसबेला मस्कले बिक्री गरेपछि टेस्लाको सेयर भाउमा उच्च गिरावट आएको थियो । यद्दपि, अहिले टेस्लाको सेयर भाउ पुनः बढ्ने क्रममा रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया