आकर्षक तलबसहित युएईमा ४७५ जना महिला र पुरुष कामदारको माग, हवाई टिकट पनि निशुल्क

२ बर्ष अगाडि

काठमाडौं, युएईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको अबु दुबई सहरमा रहेको SECURITY GUARD MIDDLE EAST  कम्पनीले ४०० जना पुरुष र ७५ जना महिला गरी जम्मा ४७५ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ६४ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले सन लाईट ह्युमन रिर्सोस प्रा.लि.को कार्यालय सामाखुसी काठमाडौंमा मंसिर १६ र१७ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया