दुई मोबाइलस् कम्पनीले नेपाली बजारमा नयाँ मोटरसाइकल ल्याउने, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - दुई मोबाइलस् कम्पनीले नेपाली बजारमा नयाँ मोटरसाइकल ल्याउने भएका छन् ।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज र बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक गोल्छा ग्रुपले क्रमशः एफजेट एक्स १५० र बजाज पल्सर २५० सेग्मेन्टका मोटरसाइकल भित्र्याउने भएका हुन् । 

यो मोटरसाइकल एफजेट एक्स भी ३ मा आधारित भएर डिजाइन गरिएको छ । खासगरी एफजेड एक्स मोटरसाइकलमा एलइडी हेड ल्याम्प,ब्लुटुथ कनेक्टिभिटी सिंगल च्यानल एबीएस , कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन,दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट लगायतका फिचर उपलब्ध रहेको बताइएको छ ।

एफजेड एक्स मोटरसाइकलमा १४९ सीसी क्षमताको एफआई इन्जिन राखिएको छ जसले ७२५० आरपीएममा अधिकतम १२।४ पीएस पावर र ५५०० आरपीएममा १३।३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो मोटरसाइलको मूल्य साढे तीन लाख माथिनै रहने अनुमान गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया