२०७ दिनपछि फर्किए रामोस खेलमा, पीएसजीको जीतमा मेस्सीको ह्याट्रिक असिस्ट

२ बर्ष अगाडि

काठमाडौं - डिफेण्डर सर्जियो रामोसले २०७ दिन पछि मैदान फर्कँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका लागि डेब्यु गरेका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत सोमबार भएको सेन्ट एटिएन विरुद्धको खेलमार्फत रामोसले पीएसजीको जर्सीमा पहिलो खेल खेले । लिओनल मेस्सीले ह्याट्रिक असिस्ट गरेको खेलमा पीएसजीले सेन्ट एटिएनेलाई ३(१ ले हरायो ।

पीएसजीले रामोसलाई फ्रि ट्रान्सफरो रुपमा अनुबन्ध गरेको चार महिना २० दिनपछि रामोसले लिग वानमा डेब्यु गरे । रामोसले अप्रिल यता पहिलो पटक प्रतिस्पर्त्मक खेल खेले । उनले गत सिजनको च्याम्पियन्स लिग सेमिफाइनलमा चेल्सीविरुद्धको दोस्रो लेगमा पछिल्लो पटक खेलेका थिए ।

पीएसजीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै दश खेलाडीमा समेटिएको सेन्ट एटिएनेमाथि पुनरागमन जित निकालेको हो । पीएसजीका लागि कप्तान मार्क्विन्हवसले दुई तथा एन्जल डि मारियाले एक गोल गरे ।

२३औं मिनेटमा डेनिस बाउनगाले गोल गर्दै घरेलु मैदानमा सेन्ट एटिएनेलाई अग्रता दिलाएका थिए । तर टिमोथी कोलजिजा ४५औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सेन्ट एटिएने दश खेलाडीमा समेटियो  र त्यसैको फाइदा पीएसजीले तीन गोल गर्‍यो ।

२ बर्ष अगाडि

प्रतिक्रिया