स्वास्थ्य मन्त्रीको निर्देशनपछि गंगालाल अस्पतालको पीसीआर परीक्षण शुल्क एक हजार

२ बर्ष अगाडि

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनपछि सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पीसीआर परीक्षण शुल्क पनि अन्य सरकारी अस्पताल सरह एक हजार रुपैयाँ कायम गरिएको छ ।  

सरकारी र निजी स्वास्थ्य संस्थामा पिसिआर परीक्षण बापत लिइएको शुल्कमा एकरूपमा कायम गर्न  र  उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो । 

गंगालाल अस्पताल सञ्चालक समितिको  अध्यक्षको हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क १७ सय रुपैयाँ लिँदै आएकोमा  एकरूपता नभएको भन्दै चासो राख्दै एकरूपता र सुलभ मूल्य कायम राख्न निर्देशन दिएका थिए ।  

अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरूमा एक हजार  कायम छ भने विदेश जानेहरूका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले एक हजार दुई सय  लिइरहेका छन् । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया