९८८८ जनाको परीक्षणमा २५९ जनामा संक्रमण, २६४ जना कोरोना मुक्त र १ जनाको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३१ पीसीआर परीक्षणमा २६५७ एन्टिजेन परीक्षणमा गरी कुल ९८८८ जनाको परीक्षणमा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख २ हजार ६५३ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५२४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया