सलमानको फिल्म 'अन्तिम को तीन दिनमा १८ करोड कमाई

२ बर्ष अगाडि

काठमाडौं । पछिल्लो समय सलमान खान अभिनित फिल्म 'अन्तिम' को निकै चर्चा छ । महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म 'अन्तिम'ले पहिलो दिनमा नै साढे ४ करोड कमाइ गरेको छ । 

यस्तै दोस्रो दिन फिल्मले साढे ५ करोड कमाई गरेको छ । यस्तै आइतबार फिल्मले साढे ७ करोड कमाई गरेको छ । प्रदर्शनमा आएको तीन दिनमा यस फिल्मले १८ करोड कमाई गरिसकेको भारतिय मिडियामा जनाइएको छ ।

सलमान खानले एकपटक फेरि आफ्नो एक्सन र डाइलग डेलिभरीले दर्शकको मन जितेका छन् भने उनको सरदारवाला लुक्स पनि निकै सानदार छ । फिल्ममा आयुष शर्माले पनि उत्कृष्ट काम गरेका छन् । उनको आँखामा नै रिस र प्रेम स्पष्ट देख्न सकिन्छ । फिल्मको एउटा राम्रो पक्ष के हो भने सबै चरित्रको डाइलग एकदमै दमदार छ, जुन थिएटरबाट बाहिर निस्कँदा पनि याद हुन्छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया