यामाहाको डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन लन्च, मूल्य भारु २ लाख हाराहारी

२ बर्ष अगाडि

काठमाडौं, जापनिज टु ह्विलर निर्माता यामाहाले डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन लन्च गरेको छ । 

आर१५ को प्लाटफर्ममा निर्माण गरेपनि पावर र टर्क भने केही मात्रामा बढाइएको कम्पनीले जनाएको छ । यो नयाँ बाइकमा भिभिए प्रबिधीमा आधारित १५५ सीसी सिंगल सिलिन्डर एसओएचसी लिक्वड कुल्ड इन्जिन जडान गरिएको छ ।

एलसिडी इन्स्ट्रुमेन्ट कन्सोलमा समय, ट्रिप, एभरेज फ्युल खपत र गियर पोजिसनलाई नियाल्न सकिन्छ । सिंगल पिस सिट दिइएको यो बाइकमा ८.१ लिटर इन्धन अट्ने फ्युल ट्यांक उपलब्ध गराइएको छ ।

सिंगल पिस ह्यान्डल बारका कारण यो बाइकमा राइड गर्दा आराम पन महशुस गर्न सकिने बताइएको छ । बाइकको अगाडी ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडी मोनोशक सस्पेन्सन जडान गरिएको छ । त्यसैगरी अगाडीको चक्कामा २४० एमएम र पछाडी २२० एमएमको पेटल डिस्क ब्रेक दिइएको छ । यो यामाहाको इन्ट्रि लेभल डुअल स्पोर्ट अफरोडर बाइक हो ।

इन्डोनेशियामा लन्च गरिएको यो बाइकको मूल्य भारतीय रुपैयाँ २ लाख हाराहारी पर्ने बताइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया