सुपरस्टार सलमानको ‘अन्तिम’ बक्सअफिसमा कमजोर, चार दिनमा २१ करोड ८५ लाखको कमाई

२ बर्ष अगाडि

काठमाडौं, सुपरस्टार सलमान खानलाई बलिउडको हिट मेशिन भन्ने गरिन्छ ।  तर, ‘ट्यूवलाइट, दबंग ३, राधे, भारत’ जस्ता कमजोर फिल्मले उनको स्टारडम पनि कमजोर बनेको कतिपयको विश्लेषण छ । 
 
सलमान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ को कमजोर ओपनिङले पनि उनीप्रति दर्शकको विश्वास गुम्दै गएको देखिन्छ । यो फिल्मले पहिलो दिन जम्मा ५ करोड ३ लाख कमाएको छ । सलमानको स्टारडमको तुलनामा फिल्मको ओपनिङ ज्यादै कमजोर हो । यस्तै, यो फिल्मले दोस्रो दिन ६ करोड ३ लाख, तेस्रो दिन ७ करोड ५५ लाख र चौथो दिन ३ करोड २४ लाखको कमाई गरेको छ ।
 
फिल्मले चार दिनमा २१ करोड ८५ लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । शनिवार र आइतवार केही राम्रो कमाई गरेको फिल्मको सोमवारबाट व्यापारमा गिरावट आउन थालेको छ । यद्यपि, फिल्मलाई भने समीक्षकबाट उत्कृृष्ट प्रतिक्रिया मिलेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया