कतारद्वारा नेपाललाई करोडौं मूल्यका स्वास्थ्य सामग्री प्रदान

२ बर्ष अगाडि

काठमाडौं - कताले कोरोना महामारीसँग जुध्न नेपाललाई करोड़ौं मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउंनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइएको छ । 

टर्किस एयरलाइन्सबाट काठमाडौं आएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डा। पवनजंग रायमाझीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । 

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा सहयोग गर्ने भन्दै आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका छन् ।

कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरूद्धको  खोप उपलब्ध गराएको थियो । 

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया