आजदेखि झन् चिसो बढ्ने, वर्षा र हिमपातको सम्भावना

२ बर्ष अगाडि

आज साँझबाट नेपालको सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा चिसो झन् बढ्ने भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली  र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा मौसम बदली हुँदा चिसो बढ्ने भएको हो । 

सो प्रणालीका कारण बुधबारदेखि देशका सुदूरपश्चिम  प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू(भागहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । 

उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया