अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने

२ बर्ष अगाडि

काठमाडौँ,अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ । अविताले बजारमा एक अतुलनीय तर निर्बाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।   

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृङ्खलाहरु ल्याएको छ । यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपुर्व विशेषताले भरिपुर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ । यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ । सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउँदछ ।

नेक्ष्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह–संस्थापक श्री एलेक्स चुङले आफ्नो विचार साझा गर्दै र भने “हामी अन्तहः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौं ।”

उद्घाटन समारोहमा बोल्दै अविताका क्षेत्रिय व्यापार निर्देशक सीमा भटनागरले भने “अविताका नयाँ ल्यापटप शृङ्खलालार्ई नेपालका प्राविधिक प्रयोगकर्ता माझ ल्याउन पाउँदा अत्यन्त उत्साहित छौँ”। हामी विशिष्ट सिरीजका ल्यापटपहरु ल्याउनेछौँ जसले ग्राहकमा बढ्दो माग सृजनन गर्नेछ । एउटा अन्तराष्ट्रिय टेक ब्रान्ड रहनुका कारण हामी ल्यापटप खरीदकर्ताहरुका लागि एक शीर्ष छनौट बन्ने र आफ्नो हर क्षमता अनुसार सेवा प्रदान गर्न तत्पर छौँ । 

नेक्ष्टजिओकोे बारेमा

आफ्नो आदर्श नारा “विशालहरूले जे गर्न सक्दैनन् त्यही गर्नुहोस” को साथ, नेक्ष्टजिओ २०१६ देखि आधुनिक कर्पोरेट लीडरहरुका लागि प्रायोगिक प्राविधिक समाधानहरू ल्याउनमा केन्द्रित छ । यस कम्पनीले उत्कृष्ट डिजाइन गर्न मानव–उन्मुख दृष्टिकोण प्रयोग गरी कार्य, प्रविधि र सौन्दर्यशास्त्रको हरेक सीमिततालाई चुनौती दिएको छ । नेक्ष्टजिओ आफ्ना विभिन्न उत्पादनहरु पीसि, स्मार्ट होम, आर्टिफिसियल इन्टेलिजेन्स र कर्पोरेट समाधानहरू समावेश गर्ने फराकिलो उत्पादन दायरा प्रस्तुत गरी प्रविधिमा नयाँ क्रान्तिकारी अनुभवहरू ल्याउन प्रतिबद्ध छ । 

अवितामा हरेक व्यक्तिको आश्चर्यता र शक्तिमा विश्वास गर्दछ । यसका प्रिमियम टेक्नोलोजीका उत्पादनहरू मुख्य तीन शुत्रहरूमा आधारित छन्–  स्वतन्त्रता, विविधता र व्यक्तिवाद । यहाँ व्यक्तिगत विचार, जोश, शैली र अद्वितीय छविले प्रेरित गरेको छ । टेक्नोलोजीको छनौटले व्यक्तिलाई परिभाषित गर्नु भन्दा पनि व्यक्तिलाई प्रतिबिम्बित गर्नुपर्ने धारणा यस कम्पनीमा रहेको छ । ब्रान्डको ट्यागलाइन “लिभ इट अप” ट्यागलाइनमा मात्र सीमित नभई कम्पनीको आचरण र कम्पनीको  डिएनएको अंश नै रहेको दावी छ ।

नेक्ष्टजिओ कम्पनीले ४ जुन २०१८ मा,  भिएआइओ कर्पोरेशन द्वारा एशिया महादेशको व्यापार निरीक्षण गर्न इजाजत दिइएको छ । यो इजाजतपत्रमा भिएआइओे ल्यापटपहरूको उत्पादन, बिक्री र मार्केटिङका साथै सर्भिसिङ गर्न पाउने सम्झौता समावेश छ । हालसम्म, हङकङ्ग, भारत, मकाउ, मलेसिया, एमइए, सिङ्गापुर र ताइवान बजारहरूमा भिएआइओ उत्पादनहरू छन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया