भारतमा कोरोना सङ्क्रमतिको संख्या तीन करोड ४६ लाख नजिक, ४ लाख ६९ हजार बढिको मृत्यु

२ बर्ष अगाडि

एजेन्सी - भारतमा मगंलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । यो सँगै भारतमा कूल कोरोना  सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको छ । 

केन्दीय स्वास्थ्य मन्त्रालयका अनुसार मगंलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । 

भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेको जनाइएको छ । गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । 

यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया