कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो, कतिसम्मको कारोबारमा अब कति शुल्क ?

२ बर्ष अगाडि

काठमाडौं, नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ।

नयाँ कारोबार शुल्क अनुरुप बैंक÷वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले २०७८ मंसिर ७ गतेबाट कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ,५०० भन्दा माथि ५,००० सम्मप्रति कारोबार शुल्क ४ रुपैयाँ र ५,००० रूपैयाँ भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस मोबाईल एप, बैंकरवित्तिय संस्थाका मोबाईलरइन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोडरविड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ रुपैयाँदेखि ५ रुपैयाँसम्म कायम रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया