यी हुन सर्वाधिक कारोबार गर्ने १० कम्पनी, उच्च कारोबार १४ करोडमै सिमित

२ बर्ष अगाडि

काठमाडौ, बुधबार नेपाल स्टक एक्सचेन्जमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । निरन्तर घट्ने क्रममा रहेको नेप्सेमा बुधबार नेपाल टेलिकमको १४ करोड रुपैयाँको कारोबार नै सर्वाधिक हुन पुगेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख, तेस्रो स्थानमा रहेको महिला लघुवित्तको नौ करोड ३० लाख, नेशनल हाइड्रो पावरको ८ करोड ५१ लाख र महालक्ष्मीविकास बैंकको ७ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

त्यस्तै, छैटौं स्थानमा रहेको अपि पावर कम्पनीको छ करोड, सातौं स्थानमा रहेको हाईड्रो इलेक्ट्रिसिटीको छ करोड, मुक्तिनाथ विकास बैंकको छ करोड ३० लाख, समृद्धि फाइनान्सको छ करोड १० लाख तथा दशौं स्थानमा नबिल बैंकको पाँच करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया