१२७२७ जनाको परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि, २५९ जना संक्रमणमुक्त र कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०९१९ पीसीआर परीक्षणमा १८०८ एन्टिजेन परीक्षणमा गरी कुल १२७२७ जनाको परीक्षणमा ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ३ हजार १६८ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५२९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया