श्रम मन्त्री र विश्व बैंकका राष्ट्रिय निर्देशक बिच शिष्टाचार भेट

२ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा बुधबार भएको भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ  । 

भेटका अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिँदै आगामी दिनमा लगानी थप प्राप्त हुने विश्वास गरिएको बताएका थिए । 

मन्त्री श्रेष्ठले विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउँदै आइरहेको सहयोग महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरुसँग बृहत छलफल गरी प्रभावकारी बनाइने जानकारी दिए ।

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया