फ्रान्स, पोर्चुगलसहित विश्वका २४ देशमा फैलियो ओमिक्रोन

२ बर्ष अगाडि

काठमाडौं - डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । 

केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायस् देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो ।

इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरियन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकामा भाइरस देखिएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । 

बोत्स्वानामा कम्तिमा १९ जनामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पाँच जनामा कोभिड देखिएको छ ।

नयाँ भेरयन्टको प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । 

त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा, ब्राजिल, नर्वे र  ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया