भारतमा थप ९ हजार बढिमा कोरोना पुष्टि, ४७७ को मृत्यु

२ बर्ष अगाडि

एजेन्सी - भारतमा बुधबार ९ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । यो सँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ३ करोड ४६ लाख ६ हजार ५४१ पुगेको छ ।

केन्दीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको सङ्ख्या ४ लाख ६९ हजार ७२४ पुगेको छ । 

भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा  ८ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । 

यो सँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया