माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब

२ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रूपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएकोमा खुशी व्यक्त गरेको छ । 

साथै कम्पनीप्रति विश्वास गरी कम्पनीलाई यस उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सम्पुर्ण ग्राहकहरु, संस्थापक शेयरधनीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुप्रति कृतज्ञता पनि व्यक्त गरेको छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया