किसान लघुवित्तको नाफा १ करोड माथि, एफपीओ निष्कासन गर्ने तयारीमा

२ बर्ष अगाडि

काठमाडौं, किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. १ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५ प्रतिशत घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ८५ लाख नाफा कमाएको थियो । 

त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १२ प्रतिशतले वृद्धि भएको छ । 

गत आवमा रू. ७ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा वृद्धि गरेर रू.८ करोड ६ लाख आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू। ३९ करोड २८ लाख रहेको छ  । 

जगेडा कोषमा कम्पनीले रू. ३३ करोड ८३ लाख ४१ हजार सञ्चित गरेको छ । जगेडा कोष गत आवको तुलनामा चालू आवमा २७७ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले जगेडामा रू. ८ करोड ९७ लाख सञ्चित गरेको थियो ।

त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.५ अर्ब १५ करोड १६ लाख सापटि लिएर, रू. १ अर्ब २१ करोड २९ लाख ३९ हजार निक्षेप संकलन गरेर रू.६ अर्ब ३७ करोड ४५ लाख २४ हजार कर्जा लगानी गरेको छ ।

यस्तै, कम्पनीले प्रतिकित्ता रू. १२५ मा  १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया