विभिन्न मुलुकमा पुनर्बीमा बापत साढे ७२ अर्ब बाहिरियो

२ बर्ष अगाडि

पुनर्बीमा वापत अबौं रकम विभिन्न मुलुकमा अर्बौ रुपैंया बाहिरिएको छ । 

बीमा समितिको तथ्यांक अुनसार पछिल्लो पाँच वर्षमा पुनर्बीमा वापत साढे ७२ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ ।

पाँच वर्षमा जीवन बीमा व्यवसायबाट ११ अर्ब ३३ करोड १७ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ६१ अर्ब १९ करोड ५२ लाख रुपैयाँ बाहिरिएको हो ।

समितिले पुनर्बीमा वापत ठूलो रकम बाहिरिएको भन्दै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई स्वदेशी पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनर्बीमा गर्न निर्देशन दिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया