एशियन लाइफद्धारा १ लाख ९९ हजार मृत्यु बीमा दाबी भुक्तानी

२ बर्ष अगाडि

काठमाडौं,  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित हिरण बहादुर बस्नेतकी श्रीमति इन्द्रमाया बस्नेतलाई बीमा दाबी वापतको १ लाख ९९ हजार ८१२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । बीमितको मोटरसाइकल ठक्करबाट घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो ।

उनले ९ वर्ष अघि १ लाख २ हजार रुपैयाँको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनीबाट कुल रकम २ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ पाउनुपर्नेमा साँवा ब्याज कट्टा गरी कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया