काठमाडौं, तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले नयाँ फिल्म ‘रबर सिटी’ को निर्देशन गर्ने भएका छन् । ६ करोडको लागतमा निर्माण हुन लागेको फिल्मका लागि मुख्य कलाकारमा शुशांक मैनालीलाई अनुबन्ध गरिएको छ ।
भुटानबाट नेपाल आएर अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा बन्न लागेको फिल्ममा किर्तना बाँस्कोटा, अविरल थापा, भक्त रिजाल, यातिन पर्खानी र राजु पौडेलको लगानी रहनेछ । फिल्मको छायांकन अमेरिकामा हुनेछ । बाँस्कोटा प्रोडक्सन र अवेकन प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई पहिला विभिन्न फेष्टिभलमा प्रिमियर गरेपछि नेपालमा रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
१४ वर्षदेखि २५ वर्षसम्मको महिला चरित्रका लागि आउँदो डिसेम्बरमा अडिसन लिने तयारीमा निर्माण टिम छ ।
अंकित पौडेलले खिच्ने फिल्मको कथा निर्देशक पौडेलको हो ।अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो । ‘रबर सिटी’ ले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।