बैंकहरुद्धारा बिहीबार साढे ३९ अर्ब तरलता सुविधा प्रयोग

२ बर्ष अगाडि

काठमाडौं - बैंकहरुले बिहीबार तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट ३९ अर्ब ६४ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । 

बिहीबार १८ कारोबार मार्फत ३९ अर्ब ६४ करोड रुपैयाँ प्रयोग गरेका हुन् । मंगलबार ५४ अर्ब ५५ करोड रुपैयाँ बराबरको एसएलएफ उपयोग भएकोमा बुधबार घटेर १८ अर्ब ८७ करोडमा झरेको थियो । 

तर बिहीबार पुनः पौने ४० अर्ब बराबरको एसएलएफ उपयोग भएको राष्ट्र बैंकको तथ्याङ्क छ । मंसिर १४ गतेको तुलनामा १५ गते एक अर्ब निक्षेप बढ्दा कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ ।

बैंकहरुले उच्च दरमा राष्ट्र बैंकबाट सापटी लिई केन्द्रीय बैंककै व्यवस्थाहरुलाई पालना गर्दै आएका हुन् । बैंक वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दात कायम गर्नका लागि नै चालु आर्थिक वर्षयता २० खर्ब १६ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले साउनमा ५५ अर्ब ५५ करोड, भदौमा २ खर्ब ९६ अर्ब ७४ करोड, असोजमा ४ खर्ब ७० अर्ब ३८ करोड ५० लाख, कार्तिकमा ७ खर्ब २४ अर्ब ३७ करोड ५० लाखको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

 मंसिरको १६ दिनमा बैंकहरुले ४ खर्ब ६९ अर्ब ६ करोड २० लाख रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया