वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै नेपाली कामदार साउदी गए, कतारमा कति ?

२ बर्ष अगाडि

काठमाडौं - पछिल्लो समय विदेश जाने नेपाली कामदारको संख्या बढेको छ ।  वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी साउदी अरेबिया गएका छन् । 

असोज मसान्तसम्म साउदी अरेबिया वैदेशिक रोजगारमा जानेको संख्या ३० हजार ६ सय १८ जना रहेको छ । यो कुल वैदेशिक रोजगारीमा जानेको झन्डै आधा रहेको छ । तथ्यांक अनुसार साउदी अरेबिया जाने मात्रै ४६.२ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार नेपालीहरुको दोस्रो श्रम गन्तव्यको रुपमा कतार रहेको छ । सन् २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्व कप फुटबल प्रतियोगिता हुने कार्यक्रम रहेको छ । 

विश्वकप फुटबलकै तयारीको लागि धेरै नेपाली कामदार कतारमा कार्यरत रहेका छन् । चालु आवको पहिलो तीन महिनामा कतारमा मात्रै २३ हजार ३ सय ३८ जना पुगेका छन् । 

पछिल्लो समय धेरै नेपालीहरु जाने तेस्रो श्रम गन्तव्यको रुपमा युएई रहेको छ । कोरोना महामारीको समयमा पनि वैदेशिक रोजगारीको लागि २० भन्दा बढी देशमा नेपालीहरु पुगेका छन् । 

नेपालीहरुको आकर्षक श्रम गन्तव्यको रुपमा रहेको दक्षिण कोरियाको लागि चालु आवको पहिलो ३ महिनामा श्रम स्वीकृति लिनेको संख्या जम्मा १८ जना मात्र रहेको छ ।

रोमानिया, साइप्रस, बहराइन, टर्की, माल्दिभ्स, ओमान, पोल्यान्ड, अफगानिस्तान, कुवेत, माल्टा, जापान, मलेसिया, दक्षिण कोरिया, जोर्डन, लेबनान र इजरायल रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया