रोनाल्डोले गरे १०९७ खेलमा ८०० गोलको कीर्तिमानी

२ बर्ष अगाडि

एजेन्सी - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल  गरेका छन् । यो सँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।

गए राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन  गर्दै आर्सनललाई ३(२ अन्तरले पराजित गरेको हो । 

युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १(१ गोल गरे ।

योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन्  । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा  यो कीर्तिमानी बनाएका हुन् । 

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया