राप्रपा उम्मेदवारी शुल्क १५ हजारदेखि १ लाखसम्म, के भन्छन् नेताहरु ?

२ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।  

निर्वाचन समितिले तोकेको शुल्क अनुसार उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ । 

राप्रपाको राजधानीको भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ भने नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज मनोनयन दर्ता र भोलि मतदान हुने कार्यक्रम रहेको छ । 

तर, राप्रपाका नेताहरुले उम्मेदवारी शुल्क महँगो भएको बताएका छन् । राप्रपाका एक उम्मेदवारले अत्यधिक शुल्क तोक्नुको अर्थ आफूले नबुझेको गुनासो गरे । 

अर्का एक उम्मेदवारले ठट्टा गर्दै भने, ‘सदस्य उठियो । पैसा नपुगेर आफूले लगाएको सुनको औठी बेच्नु पर्ने अवस्था छ, के गर्नु इज्जतको कुरा छ ।’


 

२ बर्ष अगाडि

प्रतिक्रिया