एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड

२ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ ।  

हकप्रद निष्काशन भएको अवधिभित्र रितिपूर्वक आवेदन दिएका ६ हजार १८० जना सेयरधनीहरुलाई ‘हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु’ को विभिन्न दफाहरुमा गरिएको व्यवस्था अनुसार २४ लाख ०६ हजार १०६ दशमलव ४७३८ कित्ता सेयरहरु बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकले गत असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म १० कित्ता बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया