विश्वविख्यात कम्पनी ओयोले १ खर्ब १२ अर्बको आईपीओ निष्काशन गर्दै

२ बर्ष अगाडि

काठमाडौं, विश्वविख्यात कम्पनी ओयोले सर्वसाधरणका लागि आईपीओ ल्याउने भएको छ। 

ओयो कम्पनी भारतको एक महत्वकांक्षी युवा उद्यमीद्वारा सञ्चालित छ। 

गत शुक्रबार मुम्बई स्टक एक्सचेन्जमा दर्ता भएको यो कम्पनीले आईपीओ निष्कासन गरेर सर्वसाधारणबाट १ खर्ब १२ अर्ब रुपैयाँ उठाने योजना बनाएको छ। 

आफ्नै पुराना लगानीकर्तालाई पनि २२ अर्ब ८८ करोड रुपैयाँको थप शेयर बिक्री गर्ने पनि कम्पनीले जनाएको छ।

यो कम्पनीको अफिसियल नाम भने ओराभल स्टे लिमिटेड हो। युवा उद्यमी १९ वर्षीय रितेश अग्रवालले सन् २०१२ मा कलेज ड्रप गरेर यो कम्पनीको स्थापना गरेका थिए। उनले सुरुआती चरणमा भारतभरि सस्ता होटेलहरुमात्रै कोठा बुक गरेर सुरु गरेको यो कम्पनीले हाल संसारका एसिया युरोप र अमेरिकामा गरेर ३५ देशहरुमा १ लाख ५७ हजार कोठा बुक हुन्छन्।

सन् २०१९ मा संसारका तीन ठूला होटेललाई एकीकृत गरेको यो कम्पनीले संसारको सबैभन्दा ठूलो चेन कम्पनी हुने लक्ष्य राखेको छ। 
 

२ बर्ष अगाडि

प्रतिक्रिया