पार्टीमा सहमती खोज्दै मन मिलाउन सक्नु नै ठूलो उपलब्धि हो : योगश भट्टराई

२ बर्ष अगाडि

काठमाडौ - नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा सम्पन्न १०औं महाधिवेशनले पार्टीमा मत मात्रै नभएर मन पनि मिलाएको बताएका छन् । 

बिहीबार काठमाडौंमा नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको नेकपा एमाले केन्द्रीय कमिटीमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा सहमती खोज्दै मन मिलाउन सक्नु नै ठूलो उपलब्धि भएको बताएका हुन् । 

महाधिवेशन ऐतिहासिक रहेको बताउदै उनले भने, 'महाधिवेशनलाई एकता महाधिवेशनभन्दा पनि फरक पर्दैन किनकि यहाँ मतमात्रै नभएर कम्युनिष्ट विचार बोकेकाहरूको मन पनि मिलाइएको छ ।' 

साथै अहिले पनि कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट आन्दोलनहरू सानातिना समूहमा विभाजित रहेको उल्लेख गर्दै अब जनताले नै संविधान बनाएको र यसमा सबैले सहमति जनाएकाले सबै कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताएका छन् ।

उनले भने,  ‘सबै दलको सहमतिमा संविधान बनेको छ, धेरै कम्युनिष्ट आन्दोलन भए अब आन्दोलन गर्ने समय सकिएकाले समाज रुपान्तरणका लागि कम्युनिष्टहरू एक हुनपर्ने छ ।' कम्यूनिष्टमा सबैभन्दा ठूलो र इतिहास बोकेको पार्टी एमाले भएकाले सबै तितर बितर भएका पार्टी एमालेमा समाहित हुने पनि बताए ।

उनले एमालेको संस्कृति सहकार्य,सम्मान आदर गदै बैचारिक ढंगले अघि बढने संस्कृति भएकोले सोही ढंगल रुपान्तरित हुदै जानुपर्ने बताए । 

कार्यक्रममा केन्द्रीय सदस्य पासाङ शेर्पाले नेकपा एमालेमा प्रवेश गर्ने माओवादीको सम्मान भएको बताउदै एमाले आउदा कसैले पनि पछुताउनु नपर्ने धारणा ब्यक्त गरे । 

कार्यक्रममा केन्द्रीय सदस्य टंक आङबुहाङ, उर्मिला थेबे, ताप्लेजुङ संयोजक बलबहादुर साम्सोहाङ, सहसंयोजक भुपेन्द्र थेवे, लगायतले आफ्ना भनाई राखेका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया