बेइजिङमा एक करोड बढीमा बुस्टर डोज, भारतमा एकैदिनमा ३९१ जनाको मृत्यु

२ बर्ष अगाडि

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड १९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड १९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् ।   तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्।

हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।

भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । 

गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया