एभरेष्ट बैंकका ग्राहकहरुलाई आइएसओएन हेल्थकेयरमा ७ प्रतिशतसम्मको छुट

२ बर्ष अगाडि

काठमाडौं,  एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ केयर मार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया