तेह्रथुम पावरको नाफा १ करोड १८ लाख, प्रतिसेयर आम्दानी  कति ?

२ बर्ष अगाडि

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरण अनुसार कम्पनीको नाफासहित प्रमुख वित्तीय सूचकहरूमा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी ८६ लाख ७० हजार रुपैयाँ नोक्सानमा थियो ।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १०७.१६ प्रतिशतले बढेर ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न मद्दत पुगेको हो ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ९वार्षिक० र प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया