पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

२ बर्ष अगाडि

काठमाडौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ करोड रूपैयाँ बराबरको ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । 

उक्त सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया