नेपाल पुनर्बीमालाई नेपाली बीमा कम्पनीहरुको ८१ प्रतिशत विजनेश

२ बर्ष अगाडि

काठमाडौं,नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसमध्ये १ अर्ब ९९ करोड रुपैयाँ मात्रै विदेशबाट भित्रिएको कम्पनीको तथ्यांक छ । यो कम्पनीले आर्जन गरेको कुल बीमाशुल्कको १९ प्रतिशत मात्रै हुन आउछ ।

त्यस अनुसार बाँकी हुने ८१ प्रतिशत व्यवसाय नेपाली बीमा कम्पनीहरुबाट संकलन भएको पाइन्छ । कुल बीमाशुल्कको ७० प्रतिशत अर्थात ७ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क स्वदेशी निर्जीवन बीमा र ११ प्रतिशत अर्थात १ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क जीवन बीमा व्यवसायबाट आर्जन भएको छ ।

हाल जीवन तथा निर्जीवन बीमा आफुले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत पुनर्बीमा अनिवार्य नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ । यस व्यवस्थालाई निरन्तरता दिदै केहि दिन अघि मात्रै समितिले बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरु (नेपाल पुनर्बीमा कम्पनी र हिमालय रि) लाई दिन निर्देशन दिएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया