७८३६ जनाको परीक्षणमा २४६ जना संक्रमण, ज्यान गुमाउनेको संख्या शून्य र निको हुने कति ?

२ बर्ष अगाडि

काठमाडौ, पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६४०० पीसीआर परीक्षणमा १४३६ एन्टिजेन परीक्षणमा गरी कुल ७८३६ जनाको परीक्षणमा २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ३ हजार ७१६ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । हाल देशभर ११ हजार ५३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया