नेशनल हाइड्रो पावरको नाफा ५८ करोड ७४ लाख ४३ हजार, प्रतिसेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ नाफामा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीले तत्लो इन्द्रावतीको लाइसेन्स पाएपछि ६१ करोड ७२ लाख ४७ हजार रुपैयाँ राईटब्याक हुँदा कम्पनीको नाफामा बृद्धि भएको हो । 

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर १ करोड ३५ लाख ७६ हजार रुपैयाँमा सीमित छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ६४ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २३ करोड २२ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया