एफपिओ निष्कासनका लागि सेबोनको पाइपलाइनमा ३ लघुवित्त, कुन-कुन ?

२ बर्ष अगाडि

काठमाडौं - विभिन्न ३ लघुवित्त कम्पनीहरु नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपिओ निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । 

किसान लघुवित्त वित्तिय संस्था
किसान लघुवित्त वित्तिय संस्थाले १२ लाख ८९ हजार २५९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २९ गते आवेदन दिएको हो । 

संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपिओ जारी गर्ने अनुमति मागेको हो । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ । 

संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

नयाँ सारथी लघुवित्त वित्तिय संस्था
नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । 

संस्थाले ११६ रुपैयाँको दरले  ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०  मा कार्तिक २३ गते निवेदन पेश गरेको हो ।

संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । 

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया