११८१० जनाको परीक्षणमा ३१५ जनामा संक्रमण पुष्टि, ३०५ जना निको हुदाँ मृतकको संख्या कति ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९३८६ पीसीआर परीक्षणमा २४२४ एन्टिजेन परीक्षणमा गरी कुल ११८१० जनाको परीक्षणमा ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ५ हजार २०५ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा  २ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । हाल देशभर ११ हजार ५४५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया