बैंकहरुले एकैदिन आधा खर्ब सापटी लिए, तरलता अभाव चर्कियो

२ बर्ष अगाडि

नेपाली बैंक तथा वित्तिय संस्थाहरुले मंगलबार एकै दिन आधा खर्ब रुपैयाँ सापटी लिएका छन्। 

तरलता अभाव चर्किएर अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले  ४९ अर्ब ८४ करोड रुपैयाँ सापटी चलाएका हुन्। 

उनीहरुले ५ प्रतिशत ब्याज तिरेर एक साता अवधिको स्थायी तरलता सुविधा ९एसएलएफ० चलाएको नेपाल राष्ट्रबैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार,मंगलबारसम्म गरेर चालु आर्थिक वर्ष २१ खर्ब ४६ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्।

बैंकहरुले मंगलबार ओभर नाइट रिपो एक अर्ब २३ करोड रुपैयाँ लिएका छन्। यो तीन वटा संस्थाले प्रयोग गरेको हो। 

चालु वर्ष ६१ अर्ब ८४ करोड ४९ लाख ५० हजार रुपैयाँ लिइसकेका छन। 

२ बर्ष अगाडि

प्रतिक्रिया