एजेन्सी - फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगमाथि ४-१ को फराकिलो जित निकालेको छ । लिओनेल मेसी र केलीयन एम्बाप्पेले २-२ गोल गरेपछि पिएसजीले सानदार जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । त्यसको ५ मिनेटमै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पाहुना टोली पहिलो १० मिनेटमै २-० ले पछि पर्यो ।
खेलको ३७ औं मिनेटमा लिओनेल मेसीले गोल गर्दै पिएसजीको अग्रता पहिलो हाफमै तेब्बर पुर्याए । पिएसजीमाथि ३९ प्रतिशत बल पोजिसन राखेको क्लब ब्रुगका लागि माट्स रिट्सले ६७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए ।
खेलको ७६ औं मिनेटमा मेसीले गोल गर्दै खेलमा ४-१ को स्पष्ट अग्रता बनाए । मेसीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैँले गोलमा परिणत गरेका थिए ।
यो जितसँगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अङ्क जोड्दै दोस्रो रह्यो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।