‘प्लेयर अफ् द विक’अवार्ड एमबाप्पेलाई

२ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पे प्लेयर अफ् द विक घोषित भएका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको छैटौं साताका लागि फ्रन्सका २१ वर्षीय खेलाडीलाई युईएफएले ‘बेस्ट प्लेयर अफ् द विक’ घोषणा गरेको हो ।

समूह चरणको अन्तिम साताका लागि ४ जना खेलाडी मनोनयनमा परेका थिए । छैटौं सातामा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये स्पेनिस क्लब एथ्लेटिको मड्रिड, स्पेनिस क्लब भिल्लारियलका लागि डान्जुमा, पिएसजीका एमबाप्पे र फ्रेन्च क्लब लिलेका नानीतामो आइकोने मनोनयनमा परेका थिए ।

तर, फ्यान भोटिङका आधारमा एमबाप्पे साताको बेस्ट प्लेयर घोषित भएका हुन् । जारी सिजन एमबाप्पेले पिएसजीका लागि २२ खेलबाट ११ गोल गरेका छन् । 

उनले च्याम्पियन्स लिगमा ६ खेलबाट ४ गोल गरेका छन् भने लिग १ मा १६ खेलबाट ७ गोल गरेका छन । उनले यो सिजन घरेलु लिगमा ८ असिस्ट पनि गरेका छन । उनले गोलभन्दा बढी असिस्ट गरेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया